दफा ३७
तलासी लिइने व्यक्तिले तलासी हुनुभन्दा अगाडि आफूलाई भन्सार अधिकृत छेउ पेश गराउन माग गर्न सक्ने
(१) भन्सार अधिकृत वा सो प्रयोजनको लागि तोकिएको कर्मचारी बाहेक अरु कुनै कर्मचारीले दफा ३६ बमोजिमको तलासी लिन चाहेकोमा सम्बन्धित. व्यक्तिले त्यस्तो तलासी लिनुभन्दा अगाडि आफूलाई भन्सार अधिकृत समक्ष पेश गराउन माग गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम भन्सार अधिकृत समक्ष पेश गराउन माग भएकोमा सम्बन्धित भन्सार कार्यालयका कर्मचारीले कुनै ढिलासुस्ती नगरी निजलाई भन्सार अधिकृत संमक्ष पेश गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम पेश गरिएको व्यक्तिको तलासी लिनुपर्ने मनासिब आधार देखेमा भन्सार अधिकृतले निजको तलासी आफै लिन वा आफू मातहतका कर्मचारीलाई लिन लगाउनेछ र त्यस्तो आधार नदेखेमा निजलाई तुरुन्त छोडिदिनेछ ।